बसपार्कबाट बाहिरका टिकट काउन्टरहरू हटाउन सुरु गरिएको छ

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ। आज बिहान बालाजु बसपार्क क्षेत्रका टिकट काउन्टर हटाइएको छ।





टिकट काउन्टरहरू हटाउन नगर प्रहरीहरूसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ। नगर प्रहरीहरूले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन्।

काठमाडौं महानगरपालिकाले यसै पहिले सूचना जारी गरेर नयाँ बसपार्कभित्रबाट मात्रै टिकट काट्ने व्यवस्था गर्नुपर्ने भन्दै त्यसभन्दा बाहिर राखिएका सबै टिकट काउन्टरहरू हटाउने निर्देशन दिएको थियो।

कलंकी, गौशाला, कोटेश्वर, बालाजु, सुन्धारा लगायतका क्षेत्रमा काउन्टरहरू राखिएर सार्वजनिक गाडीका टिकट बिक्री हुँदै आएका छन्।


जथाभावी राखिएका टिकट काउन्टरले शहरको सुन्दरता घटाएको, सवारी साधनको चाप बढ्दा ट्राफिक व्यवस्थापनमा पनि कठ सुधार्न सकिएको नेपाली अनुवाद यस प्रकार छ।